×

मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मुख्यमन्त्री राउतले फोरम पर्साको कार्यालय अगाडी संक्षिप्त कुराकानी गर्दै प्रदेश सभाबाटै राजधानीको समस्या समाधान हुने बताएका हुन् । प्रदेश सभाका दुई तिहाई सदस्यले निर्णय गरेको ठाउँमै प्रदेश राजधानी तोकिने संवैधानिक बाटो अनुसार नै राजधानीबारे समाधान खोजिने उनले बताए । बीरगञ्जमा जारी आन्दोलनको संन्दर्भमा आफुले आज संघर्ष समितीलाई वार्ताको लागि आह्वान गरेको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले मन्त्रालयलाई पूणता दिन राजपा र फोरम बीच छलफल भइरहेको भन्दै दुई तिन दिनभित्र मन्त्री मण्डलले पूर्णता पाउने बताए ।मुख्यमन्त्री भएपछि पहिलो पटक गृह नगरमा आएका गदीको बीरगञ्जमा भव्य स्वागतको गरिएको छ । संघिय समाजवादी फोरम नेपाल , पर्साले मुख्यमन्त्री गदीको पहिलो आगमनमा विशेष स्वागत गरेको थियो

Back to top