×

वीरगन्ज ८ फागुन नारायणी उपक्षेत्रिय अस्पतालमा नवजात शिशु फेरबदल भएपछि अस्पताल क्षेत्र तावग्रस्त बनेको छ । बच्चा फेरिएको भन्दै पिडित परिवारले प्रदर्शन गरेपछि अस्पतालको कामकाज ठप्प भएको छ । वीरगञ्ज महानगरपालिका वडानम्बर २६ सुगौली निवासी इन्द्रासन पटेलकी ३३ बर्षिय छोरी सुनिता देवीलाई प्रसुति गराउन नारायणी उपक्षेत्रिय अस्पतालमा जाने क्रममा बाटोमै शिशु जन्मको थियो । अस्पताल जादै गर्दा बाटो मै सुत्केरी भएकोले थप उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा बच्चा र सुनिता देवीलाई ८ बजे विहान भर्ना गरिएको थियो ।

सुनिता देवीको कोखबाट जन्मिएको बच्चा छोरा रहेको र अस्पतालमा नर्सलाई सरसफाईका लागि दिएकोमा ३ घण्टापछि फर्काएर ल्याउदा छोरी दिएको भन्दै विवाद सुरु भएको हो । अस्पतालले बच्चा बदलेको भन्दै पिडित परिवारले अस्पताल गेट अगाडी टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पतालको ढोकामा तालाबन्दी समेत गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल व्यवस्थापनको लापरवाहीले पटक पटक बच्चा फेरिने , हराउने लगायतका घटना हुँदै आएको छ ।

[video width="1296" height="720" mp4="http://myedits.net/wp-content/uploads/2018/02/InShot_20180220_172733115.mp4"][/video]

Back to top