×

नेपाली कथानक चलचित्र हुर्रेमा अभिनय गरेका कलाकारहरुको टोलीले आज पत्रकार सम्मेलनगरि फिल्मको विषयमा जानकारी गराएको छ । बीरगन्जको कन्ट्रीइन होटलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नायिका केकि अधिकारीले चलचित्रमा आफुले तपस्वी ऋषि सत्य युगको अप्सरा मेनकाको भुमिका निर्बाह गरेको बताउनु भयो । फिल्म ’राज्जा रानी’ मा पनि शीर्ष भुमिकामा देखिएकी केकी अधिकारीकै वरीपरि फिल्मको कथा घुमेको छ । चलचित्रमा केकी अधिकारी र अनुप विक्रम शाही दोस्रो पटकसगै देखिंदै छन् ।

हास्य कलाकार राजाराम पौडेलले सबै कलाकार आफ्नो क्यारेक्टरमा भिजेर अभिनय गरेको बताउनु भयो । १ महिना सम्म काठमाण्डौको पशुपतिक्षेत्रमा छायाङ्गकन गरिएको फिल्म हुर्रे कमेडियन फिल्म भएकोले दर्शकले मनपराउने कलाकारहरुले बिश्वास व्यक्त गरेका थिए । चलचित्रमा केकि अधिकारी, अनुप बिक्रम शाही,अकिंत खडका, संगिता नपित लगायतले अभिनय गरेका छन। यम थापाले निर्देशन गरेको चलचित्र हुर्रेको निर्माण दाबा लामा,सोनम लामा र क्षिरिड शेर्पाले गरेका हुन।कार्यक्रमको सहजिकरण हेमन्त तमाङले गरेका हुन।

Back to top