×

वीरगन्ज ३ फागुन प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।प्रदेश २ मा राजपाको समर्थनमा फोरमका लालबाबु राउत मुख्यमन्त्री बनेका छन् । फोरमका विजय यादव अर्थ र जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।सपथ लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।परिवार भन्नलो आमाबाबु छोराछोरी र श्रीमती पर्नेछ र रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ ।घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ ।बन्द अवस्थामा रहेका सरकारी अर्ध सरकारी उद्योगहरु पुनःसंचालनका लागि पहल गर्ने निर्णय पनि लिएको छ ।बैठकले प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा बैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय पनि भएको आर्थिक मामिला तथा योजनामन्त्री यादवले जानकारी दिए ।

Back to top