×

चिरञ्जीवी यादव, पर्सा २ फाल्गुन पर्सा ठोरी गाउँपालिकामा सेवा केन्द्रको विषय ठोरी गाउ पालिका वार्ड नम्बर ५ सुवर्णपुरका आन्दोलनकारिहरुले आज एउटा मोटरसाइकलमा आगजनी गरेका छन । सेवाकेन्द्रको माग गर्दै बिगत १७ दिनदेखी आन्दोलन गरिरहेको सुवर्णपुरका आन्दोलनकारिहरुले बन्दको आज्ञा गरेको भँदै ठोरी ५ सुवर्णपुरमा नेवा आयल स्टोरका संचालक समसाद आलमको ना. ४८ प १६०० नम्बरको मोटरसाइकलमा तोडफोड गरि आगजनी गरेका छन । आगजनिमा मोटर्साइकल पुर्णरुपले जलेर नस्ट भएको प्रत्यक्षदर्सीको भनाइ रहेको थियो ।

Back to top