सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

406

वीरगंज, २ फागुन । सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा आज पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगीले १ तोला सुन मेडल, प्रमाणपत्रद्वारा पासवानलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ नो जमानाको चर्चित पत्रकार गोपाल गोतामेको स्मरणमा प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको सराहना गरे । उनले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्नको लागि आफनो तर्फबाट हुने सक्दो सहयोगको आश्वासन दिए ।
सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेशालाई उचाइ पु¥याएको बताउ“दै उनको स्मरणमा स्थापित पुरस्कार पाउनु भनेको सौभाग्यको कुरा भएको बताउ“दै पुरस्कृत पासवानलाई बधाई ज्ञापन गरेका थिए । उनले मूलधारमा पत्रकारिता गर्नेहरुको आर्थिक अवस्था कमजोर रहेको आपूmले पाएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा सांसद यादवले मधेस आन्दोलनको परिणाम प्रदेशको मुख्यमन्त्री, सभामुख र दुवै संसदीय दलको नेता वीरगंज आसपासका व्यक्ति भएको उल्लेख गरे । उनले वीरगंजले पाउने कुरा अझ धेरै बा“की रहेको बताए । सांसद यादवले प्रादेशिक संरचनामा तुषारापात गर्ने उद्देश्यले नया“ नागरिकता लिएका नवनागरिकहरुबाट जातीय र भौगोलिक, भाषिक कुराहरुको उठान भइरहेको आरोप लगाए ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पा ता आपूmहरुले अध्ययन गरेको बताए । उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुशी व्यक्त गरे । उनले मधेसका दलितहरु देशका अन्य दलितहरु धेरै पीडित भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष्ँ जगदीशप्रसाद शर्माको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष्ँ चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आप्mनो स्मरण सुनाएका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केसी लामिछानेले गरेका थिए ।


SHARE