×

वीरगंज १ फागुन संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार गठनको दाबी पेश गरेका छन् ।

दुबै दलले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसामू बहुमत पेश गर्दै फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि बहुमतसहित आउन दलहरुलाई आहृवान गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद चाहिन्छ, जुन फोरम राजपा गठबन्धनसँग छ । यहाँ फोरमको २९ र राजपाको २५ सांसद छन् ।पर्सि बिहीबार मुख्यमन्त्रीको सपथ हुनेछ । जनकपुर चुरोट कारखानाको मैदानमा सपथ ग्रहण समारोह हुनेछ ।सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु पनि सहभागी हुने एक नेताले बताए ।

Back to top