जीरा भवानी मेला आजदेखी सुरु

335

हेम चापागाई, पर्सा,( बिजयबस्ती)फागुन १ जिराभवानी गाउपालिका अन्तर्गत वाड नंबर १र २को बीचमा मा लाग्ने जिराभवानी माईको मेला आज बिहान देखि भक्तजनहरुको भिड लागेको छ ।प्रत्येक वर्ष जस्तै यो बर्ष पनी शिवरात्रीको दिन देखी १० दिन सम्म लाग्ने मेला समिता का अध्यक्ष शुभनारायण प्रसाद कुर्मिले बताएका छन् । आज बिहानै ४ बजे देखी ठोरी बिजयबस्ती, नयाँबस्ती , निर्मलबस्ती,बाघमोर्चा मालीबस्ती सुर्वणपुर महादेपाटी, सेढवा, शंकरसरैया जितपुर, जानकीटोला, मनवा लगायत सिमावर्ती गाउँ भाङ्गहा धुमाटाढ,सिसवा, रामपुर लगायत गाउँहरुमा भक्तजनहरु को जिराभवानी मेला मा आउने चहल पहल बढेको छ । जिराभवानी माई र बाबा बटेश्वरनाथ लाई यस क्षेत्रको मानिसहरुले शक्तिपिठको रुपमा मानेर कुनैपनि शुभकाम शुरु गर्दा जिराभवानी माई र बाबा बटेश्वरनाथ लाई साची राखी गर्ने र कतिपयले काम सफलताको लागी भाकल गर्ने हुँदा आजैको दिन बिभिन्न नदी तलाउ धार्मिकस्थल बाट ल्याईएको जल चढाइन्छ र पुजा किर्तन गरे महत्वपुर्ण साइत हुने यहाँका मानिसहरु बताउँछन् । यहाँ भाकल गरेर वा साची राखेर गरेको कुनैपनि कार्य पुरा हुने यहाँका स्थानियबासीहरु मा बिश्वास रहेको छ । त्यसैले आजको दिनलाई यस क्षेत्रका स्थानियबासीहरुले पर्वको रुपमा मनाउदै आएका छन् । पहिलाको बर्ष भन्दा भब्य बनाउन मेला समितिले बिभिन्न मनोरन्जनको खेल मौतको कुवा,रोटे पिङ्ग, फिल्महल, ब्यापार ब्यवासाय तथा सुरक्षाको ब्यवस्था राम्रो प्रबन्ध गरेको र लगभग २ लाखले मेला अवलोकन गर्ने मेला समितिले दाबी गरेको छ । यो मेला मनोरन्जन र रमाईलाको लागी मात्र नभई धार्मिक महत्व पनि त्यति कै रहेको र यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा बिकास गराउने लक्ष्य रहेको जिराभवानी गाउपालिकाको उप प्रमुख उषा चौधरीले बताउनु भयो । यस क्षेत्रका मानिसहरुको आस्थाको केन्द्र शक्तिपिठको रुपमा रहेको हँुदा यो मेलाको संरक्षण गर्नु पर्ने जिराभवानी गाउपालिका वडा न. १ का वडा अध्यक्ष शेखनुमान आजमले बताउनु भयो । मेला समितिले जनाए अनुसार जिराभवानी माई मेला १२ दिन सम्म लगाईने मेला समितिका अध्यक्ष शुभनारायण प्रसाद कुर्मिले बताएका छन् ।