×

वीरगन्ज, २६ माघ, वीरगञ्जको मास्कोट एकेडेमी र भवानी हस्पिटलको सहकार्यमा निःशुल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ । शुक्रबार मास्कोट एकेडेमीमा भएको शिविरको प्रमुख अतिथि वीरगञ्ज महानगर वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियाले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्ण, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईं, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्कालगायतले सो सामाजिक कार्यको प्रशंशा गरेका थिए । शिविरमा ५ सय ५१ जना स्थानीय र विद्यार्थीको दाँत र आँखा परीक्षण भएको थियो ।

भवानी हस्पिटलका दन्त रोग विशेषज्ञ डा. अजय अस्थना र आँखा विशेषज्ञ डा. विजयशंकर साहले परीक्षण गरेको विद्यालयका प्राचार्य छेडुप लामाले जानकारी दिनुभएको छ । मास्कोट एकेडेमीले हात्तीको अक्रमणबाट गम्भीर घाइते भएर नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको उपचारमा सहयोग पु¥याएको छ । बोल्न नसक्ने ती घाइतेको अपचारमा सहयोगार्थ शिक्षक, कर्मचारी र विद्यार्थीले तत्कालै संकलन गरेको ३ हजार २ सय २० रुपैयाँ अस्पतालका कर्मचारी सोमबहादुर राईलाई हस्तान्तरण गरिएको थियो ।

Back to top