प्रदेश २ : पहिलो बैठकमै प्रदेशसभा सदस्यहरुबीच मतभेद

1140

वीरगन्ज २२ माघ प्रदेश नम्बर दुर्इको पहिलो बैठकमै प्रदेशसभा सदस्यहरुबीच मतभेद देखिएको छ । बैठकको प्रारभ्ममै सदस्यहरुले शहीदको फोटो नराखिएको भन्दै विवाद झिकेका छन् । मौलिक पोसाकमा उपस्थित सदस्यहरुले मैथिली र हिन्दी भाषामा सम्बोधन गरेका छन् ।प्रदेश नम्बर दुईको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ । मौथिली र हिन्दी भाषामा बोलेका प्रदेशसभा सदस्यहरुले जैबिक बिबिधताले भरिपूर्ण चुरे क्षेत्र उजाड बन्दै गएको, पानीको सतह घट्दै गएको र खेतीयोग्य जमिन मरुभूमि बन्दै गएको चुरे संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै प्रदेशसभा सदस्यहरुले मिथिला र भोजपुराको आफ्नै बिशिष्ट पहिचान रहेका कारण प्रदेशको स्ामृद्धिका लागि पर्यटन प्रबर्द्धनमा जोड दिनुका साथै कृषिलाई व्यबसायीकरण र उद्योग कलकारखानालाई बढावा दिनुपर्ने विचार व्यक्त गरे ।मधेश आन्दोलनका शहीद र माओवादी जनयुद्धका शहीदको फोटो प्रदेशसभा भवनमा नराखेको भन्दै बैठकको सुरुमै राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले बिरोध जनाएका थिए ।