प्रदेश नं. २ संसदीय दलको नेतामा लालबाबु राउत चयन वीरगञ्जले पाउने भयो मुख्यमन्त्री – को हुन लालबाबु राउत ?

9238

Share
  •  
  •  
  •  

वीरगन्ज २२ माघ संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन भएका छन् ।यससँगै वीरगञ्जका राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लडेका थिए । जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिए । मुख्यमन्त्रीका लागि राउतसँगै कोषध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दावेदार थिए ।

को हुन् लालबाबु ?

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष रहेका लालबाबु राउत पूर्वसभासद समेत हुन् । उनी दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट सभासद थिए । उनी वौद्धिक युवा नेताका रुपमा परिचित छन् ।मुख्यमन्त्रीका सम्भावित पात्र राउत भोजपुराका नेता हुन् । उनी पर्सा जिल्लाको साविक जगरनाथपुर वडा नम्बर ३ मा ०२३ साल असार १५ गते जन्मेका हुन् । पछि उनको बसोबास वीरगञ्ज-१५ मा भयो । वीरगञ्जले प्रदेशको राजधानी मागिरहेका बेला मुख्मन्त्री चाहिा वीरगञ्जकै बासिन्दा बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।

फोरम उपाध्यक्ष राउतले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । उनका दुई छोरा र एक छोरी छन् । राजनीतिमा प्रवेश गर्नुअघिसम्म उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय अंग्रेजी विषयमा प्राध्यापन पेशासमेत गरेका थिए । राजनीतिमा ०५८ सालदेखि प्रवेश गरेका राउत संविधानसभामा युवा पुस्ताका वौद्धिक नेताका रुपमा परिचित थिए । संविधानसभामा आएपछि उनको राजनीतिक उचाई राष्ट्रिय रुपमा चुलिएको हो । पार्टीभित्र पनि राउत सक्रिय एवं अध्यक्ष उपेन्द्र यादवका दाहिने हातका रुपमा परिचित छन् । प्रदेशसभा सदस्य राउतले भारत, चीन र बंगलादेशको भ्रमण गरेका छन् ।

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here