×

वीरगन्ज २० माघ सरकार बनाउने तरखरमा रहेको मधेशकेन्द्रित २ मध्ये एक राष्ट्रिय जनता पार्टीको जनकपुर

स्थित प्रदेश सभा संसदिय दलको बैठक सुरु भएको छ । बैठकमा राजपा ६ जनै अध्यक्षहरु बिशिष्ठ अथितिको रुपमा उपस्थित रहेका छन् । सबै अध्यक्षहरु प्रतिनिधि सभा अध्यक्ष हुन् ।

राजपा नेपालको बैठक बिहान ९ बजेबाट जनकपुरको सीतासरण होटेलमा सुरु भएको हो बैठक मुल रुपमा संसदिय दलका नेता चुन्न र भावी रणनीति तय गर्नमा केन्द्रित रहेका राजपा महासचिव मनिषकुमार सुमनले बताए । उनका अनुसार बैठकमा माघ २१ गते अर्थात भोलि हुने प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक एवं अधिवेशनमा के–के एजेण्डासहित प्रस्तुत हुने यस विषयमा समेत छलफल जारी रहेको छ । बैठकबाट संसदीय दलको नेता, सचेतक छान्ने र अनुशासन कार्य विधिको विषयमा पनि निर्णय लिने सुमनले बताए ।

यसबीच संसदिय दलका नेताका लागि ३ जनाले आआफना दावेदारी दिएका छन् । संसदिय दलका नेता निकै नै महत्वपुर्ण पद मानिन्छ भने सरकारको नेतृत्व समेत संसदिय दलका नेताले नै गर्ने प्रचलन रहि आएको छ । यसका लागि नवलकिसोर साह, रामनरेशराय यादव र जितेन्द्र सोनलले दावेदारी गरेका छन् । साह र सोनल प्रत्यक्ष निर्वाचित सांसद हुन् भने यादव समानुपातिकबाट निर्वार्चित सांसद हुन् ।

Back to top