×

हेम चापागाई/पर्सा(विजयबस्ती) माघ-१५

शहिद दिवसको अवसर पारेर ठोरी एकेडेमी ठोरी( २, गौतमनगरले माघ १६ गते मंगलवार निशुल्क स्वास्थ्य शिविरको हुने स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा चितवनको भरतपुरका डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्ने भएका छन ।

शिविरमा भरतपुरको नारायणी सामुदायिक हस्पिटलका मधुमेहरोग बिशेषज्ञ फिजिसियन डा. किश्वर गौतम, मनकामना हस्पिटलका प्रसुती तथा महिला रोग बिशेषज्ञ डा. बन्दना खनाल, मनकामना हस्पिटलका हाडजोर्नी नसा तथा मेरुदण्ड रोग बिशेषज्ञ डा. शंकर ढकाल र नारायणी सामुदायिक हस्पिटलका बाल रोग बिशेषज्ञ डा. मनोज कुमार क्षेत्रीले चेकजाँच गर्ने आयोजक तथा ठोरी एकेडेमीका प्रिन्सिपल सुरेश पन्तले बताउनु भयो । ।

उक्त शिविरमा स्वास्थ्य परीक्षण गराउने बिरामीहरुलाई निशुल्क औषधी समेत उपलब्ध गराइने पनि पन्तले बताउनु भयो । शिविरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुका साथै अभिभावक तथा बिभिन्न रोगका सर्बसाधारण बिरामीहरुले लाभ लिन सक्ने भएकोले उपस्थित भई मौकाको फाईदा उठाउन बिद्यालयले सबैलाई आग्रह गरेको छ ।

Back to top