×

बारा १४ माघ जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बारा प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।प्रहरीले विभिन्न स्थानबाट हात हतियार प्रयोग गरी लुटपाट, चोरी गरिएको मोवाइल, मोटरसाईकल तथा अन्य विभिन्न घटनामा संलग्न रहेका समूहलाई पक्राउ गर्न सफल भएका हुँन् ।प्रहरीले लुटपाटमा प्रयोग हुने एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई थान गोली, तीन थान मोटरसाइकल र १६ थान मोबाइलसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएकामध्ये जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ का धर्मेन्द्र प्रसाद यादवलाई घरेलु कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई राउण्ड गोली तथा विभिन्न कम्पनीको १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी तथा लुटपाट गरी बिक्री वितरण गर्ने गरेका बाराको आदर्शकोतवाल गाउँपालिका ६ का आनन्द प्रसाद कुशवाहा र सोहि स्थानका अरविन्द माहत्तो कुशवाहालाई चोरीको तीन थान मोटरसाइकलसहित पक्राउ गरिएको छ । यस्तै रौतहट जिल्लाका बौधिमाई नगरपालिका वडा नं.५ का अरविन्द राय यादवलाई बारा प्रहरीले चोरी गरेको २ थान मोवाईल सहिँत सिम्रौनगढ नगरपालिकामा पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारले बताए । पछिल्लो समय बारामा अपराध न्यूनिकरणका लागि बारा प्रहरीले सक्रियता बढाएको छ ।

Back to top