×

बीरगंज १४ माघ पर्सा स्कुल्स ग्रुप २०७४ क्रिकेट टुर्नामेण्ट खेल आर्दशनगर र¨शाला मैदानमा आज देखी शुरु भएको छ । सो क्रिकेट टुर्नामेण्ट खेलको समुदघाटन कार्यक्रमका प्रमुख अतिथी रिलिफ सोसाईटी बीरगंजका अध्यक्ष तथा बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठले खेल मैदानमा रिपोर्टस क्लब नेपालका कन्हैया गुप्ताले ब्वलि¨ गर्नु भएको बललाई बैडि¨ गरेर खेलको समुदघाटन गर्नु भयो ।

भने कार्यक्रमको बिशिष्ठ अतिथी बरिष्ठ समाजसेवी पशुपति बिक्रम शाह, अतिथी सालोम ई. बोर्डि¨ स्कुलका प्रिन्सीपल तथा एन. प्याब्सन पर्साका अध्यक्ष रामचन्द्र चौधरी, रिपोर्टस क्लब नेपालका केन्द्रिय सदस्य तथा मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता, महिला समाजसेवी उषा शाह, युनाईटेड सेकेण्ड्री ई.बोर्डि¨ स्कुलका प्रिन्सीपल मनोज गुप्ता, क्याम्ब्रिज सेकेण्ड्री ई.स्कुलका प्रमोद कुमारले उक्त क्रिकेट टुर्नामेण्टमा भाग लिने खेलाडीहरुलाई शुभकामना समेत ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा शिक्षक, शिक्षिका तथा बालबालिकाहरुको उलेख्यमात्रमा उपस्थिती रहेको थियो ।उक्त क्रिकेट टुर्नामेण्टको प्रथम चरणमा लर्डबुद्ध मेमोरीयल र युनाईटेड सेकेण्ड्री स्कुल बिच भएको खेलमा लर्डबुद्ध मेमोरीयल एकेडेमी बिजय भएको थियो । भने त्यसै गरी दोश्रो चरणमा ज्ञानोदय बाल सेकेण्ड्री स्कुल र मदर ल्याण्ड मा.बि.बिच भएको खेलमा ज्ञानेदय बाल सेकेण्ड्री स्कुल बिजय भएको कुरा शिक्षक राजेश लिम्बुले जानकारी गराउनु भयो ।सो कार्यक्रमको सभापति मदर ल्याण्ड मा.बि.का संस्थापक अध्यक्ष तथा एन. प्याब्सन.का केन्द्रिय सदस्य नन्दन यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रममा स्वागत भाषण लर्डबुद्ध मेमोरीयल एकेडेमीका प्रिन्सीपल नबिन श्रेष्ठले र कार्यक्रम संचालन ज्ञनोदय बाल सेकेण्ड्री स्कुलका प्रिन्सीपल राजेश लिम्बुले गर्नु भएको थियो ।

Back to top