×

वीरगंज, १२ माघ भारतीय महावाणिज्यदूतावास, वीरगंजले ६९ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

आज वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा आयोजित कार्यक्रममा महावाणिज्यदूत विसी प्रधानले भारतको झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा महावाणिज्यदूत प्रधानले भारतका राष्ट्रपति रामनाथ कोबिन्दले दिएको सन्देश वाचन गरेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

कार्यक्रममा पर्सा, बारा र रौतहटका मान्यजनहरुको उपस्थिति थियो ।

Back to top