×

नयाँ वर्षमा धेरै मानिस आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ भन्ने ठान्छन् । स्वास्थ्य जीवनका लागि धेरैले रक्सी सेवन छोड्ने मानसिकता बनाउँछन् । यसको सिदै फाइदा खल्ती र स्वास्थ्यमा पुग्छ भन्ने आम मानिसको विश्वास छ । बेलायतको सार्वजनिक स्वास्थ्य सेवा एनएचएसका अनुसार रक्सी सेवन घाउनु भयो भने यस्तो परिवर्तन आउँछ ः

– बिहान उठ्दा सजिलो र आराम महसुस हुन्छ ।

– दिउँसो थकान कम लाग्छ ।

– आफूलाई सबैतिर अनुकूल भएको महसुस हुन्छ ।

– तौल घटेको वा त्योभन्दा नबढेको महसुस हुन्छ ।

यो परिवर्तन तपाईंले रक्सी सेवन गर्न कम गरेसँगै महसुस हुन्छ । यदि तपाईं लगातार रक्सी सेवन घटाउँदै वा छोड्दिनुभयो भने तपाईंको शरीरमा लामो समयसम्म रहेन चारवटा परिवर्तन पाउनु हुनेछ ।

– निद्रा मजाले लाग्छ । तपाईंले रक्सी सेवनपछि छिटो निद्रा लागेको महसुस गर्नुहुन्थ्यो, तर त्यो गहिरो निद्रा हुँदैन थियो ।

सन् २०१३ मा विज्ञानको एउटा जर्नल ‘अल्कोहोलिज्म’ मा निद्रामा रक्सीको प्रभावसँग सम्बन्धित एउटा रिर्पोट सार्वजनिक भएको थियो । जसमा भनिएको थियो, जुनसुकै मात्रामा रक्सी सेवनपछि निद्रा त आउँछ, निद्राको पहिलो चरणमा गहिरो निन्द्रा पनि आउँछ, तर दोस्रो चरणमा पटक पटक ब्यूँझिन्छ ।

एनएचएसका अनुसार रक्सी सेवन घटाउँदा बिहान उठ्दा फुर्तिलो महसुस गर्दै उठ्नुहुन्छ ।

– रोगसँग प्रतिरोध गर्ने क्षमता वृद्धि हुन्छ । धेरै रक्सी सेवन गर्नाले रोगसँग प्रतिरोध गर्ने क्षमता कमजोर हुँदै जान्छ । जसले गर्दा विभिन्न किसिमका रोगले आक्रमण गर्ने सम्भावना त्यत्तिकै हुन्छ । एनएचएसका अनुसार जुन व्यक्ति प्रशस्त रक्सी सेवन गर्छ, उसलाई संक्रमणको रोगले छिटै नै पक्रन्छ ।

बढी रक्सी सेवन गर्दा साइटोकिन बन्न अवरोध सिर्जना हुन्छ । साइटोकिन त्यो तत्व हो जसले शरीरको इन्फेक्सनसँग लड्ने क्षमतामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अमेरिकाको नेसनल इस्ट्रिच्यूट अफ अल्कोहल एब्युज एन्ड एल्कोहोलिज्मको एउटा रिर्पोटले भन्छ, रक्सी सेवन गरेको २४ घन्टासम्म शरीरमा साइटोकिनको निर्माण सुस्त ढंगले हुन्छ ।

– यदि तपाईं निराश वा दुःखी हुनुहुन्छ, र त्यसलाई भुल्न रक्सी सेवन गर्नुभयो भने त्योभन्दा ठूलो गल्ती अर्को हुँदैन । रक्सीले निराश र दुःखलाई अझ बलियो बनाउँदै लैजान्छ । रक्सी सेवनपछि दुःख सम्झेर रुने मान्छे धेरै भेटिनुको कारण पनि यही हो ।

एनएचएसका अनुसार रक्सी र डिप्रेसनको गहिरो सम्बन्ध छ । ह्याङओभरले पनि मान्छेको मुड विशेष गरी खराब बनाइराखेको हुन्छ । जसले गर्दा आफूलाई पीडा महसुस भइरहेको हुन्छ । यदि तपाईं पहिलेदेखि निराश वा दुःखी छौं भनेर रक्सीले त्यो भावनालाई अझ बढी दुःखी र निराश बनाउँछ । एनएचएसका अनुसार रक्सी सेवनको मात्रा घटाउने हो भने मात्रै पनि तपाईंको मुड धेरै सन्तुलित र फ्रेस हुनसक्छ ।

– छालाको त्वचा चम्किलो हुँदै आउँछ । धेरैजसो मानिसले रक्सी सेवन गर्न छाडेपछि उनको त्वचामा परिवर्तन आएको देख्न सकिन्छ । अमेरिकाको एसोसिएसन अफ डर्माटान्लोजीका अनुसार रक्सी त्वचाका लागि विष बराबर हो । रक्सीले त्वचालाई सुख्खा राख्छ, विस्तारै त्यसलाई ध्वस्त बनाउँदै जान्छ । रक्सी सेवन गर्ने व्यक्ति आफ्नो स्वाभाविक उमेरभन्दा बुढोजस्तो देखिन्छ ।

कति रक्सी सेवन गर्दा उपयुक्त हुन्छ भन्ने बहस आफ्नो ठाउँमा होला । तर बेलायतको सार्वजनिक स्वास्थ्य एजेन्सीले भन्छ, एक सातामा कुनै महिला वा पुरुषले १४ युनिटभन्दा बढी रक्सी सेवन गर्नुहुँदैन । त्यहाँका सरकारले १० मिलीमिटर अमिश्रित रक्सीलाई एक युनिट मान्छ । यसको अर्थ बेलायत सरकार एकजना व्यक्तिलाई सातामा बढीभन्दा बढी १० सानो ग्लासमा वाइन पिउन सल्लाह दिन्छ ।

Back to top