×

वीरगन्ज ११ माघ सडक नाटको माध्यमबाट सरसफाइको बारेमा सुशुचित गर्न बुधबारदेखि वीरगन्ज महानगरपालीकाले सडक नाटक कार्यक्रम सुरुगरेको छ । सरसफाइको बारेमा नगवासीमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सुरु भएको ‘फोहरमे मोहर छ’ विषयक सडक नाटक कार्यक्रमका प्रमुख अतिथि उपमेयर सुश्री शान्ति कार्किले उदघाटन गर्नुभयो । वीरगन्जको नगवामा आयोजित कार्यक्रमा बोल्दै उपमेयर कार्कीले महानगपालीकाले वीरगन्जलाइ सुन्दर र सफा राख्न घरघरबाट नै सरसफाइको अभियान बारे जनचेतना कार्यक्रम सुरु गरेको बताउदै यसमा साथ दिन सबैलाइ आग्रह गर्नुभयो । उहाले वीरगन्जलाइ सफा र सुन्दर गर्न नगरपालीका कर्मचारसंगै हाथेमालो गर्न सम्पुर्ण नगवासीको कर्तव्य भएको बताउनु भयो ।

वडा नम्बर १६का वडा अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षतामा सम्पन भएको उक्त फोहरमैला ब्यवस्थापन सम्बन्धि जनचेतना मुलक सांस्कृतिक तथा सडक नाटक कार्यक्रममा स्मेक परियोजनाका बिशेषज्ञ विएन शाक्य,परियोजना प्रमुुख शैलेन्द्र श्रेष्ट,फोहर मैला बिशेषज्ञ रमेश तुलाधर र समाजिक बिकाश अभियानका प्रतिनिधिले कार्यक्रम प्रभावकारीकोको बारेमा जानकारी गराउनु भएको थियो ।घरबाट निस्किने फोहर मैलाहरुलाइ षडने र षडने घरैबाट छुट्याउन यो जनचेतना अभिायन सुरु गरिएको बक्ताहरुले बताएका थिए ।कार्यक्रममा फोहर मैला बिशेषज्ञहरुले फोहर मैलाको उचित व्यवस्थापन गर्दा त्यसबाट आर्थिक आम्दनी समेत हुने जानकारी समेत गराएका थिए । फोहर मैला व्यवस्थापन गर्न घरघरमा चाहिने रातो र हरियो डष्टपिन तथा कम्पोष्ट मलबनाउने डस्टपिन नगपालीकाको नक्सा फाटबाट पाउने जानकारी गराइएको थियो ।वीरगन्जमहानगरलाइ सफा र सुन्दर राख्न नगरबासीमाझ सुरु गरिएको यो संकृतिक तथा ‘फोहरमे मोहर बा’ नाटक प्रभावकारी हुने बताएका थिए ।रामनिवास देहातीद्धारा लिखित तथा निर्देशिक उक्त नाटक वीरगन्ज महानगरपालीकाका १५ स्थानहरुमा प्रदर्शन गरिने कार्यक्रममा जानकारी समेत गराइएको थियो ।
Back to top