×

वीरगन्ज १० माघ । राराष्ट्रिय सभाका लागि राष्ट्रिय जनता पार्टी नेपालले दुईजनाको नाम टुंगो लगाएको छ ।मंगलबार मध्यरातिसम्म बसेको राजपाको बैठकले बाराका रमेश यादव र धनुषाका वृषेशचन्द्र लालको नाममा सहमति गरेको स्रोतले जनाएको छ ।महेन्द्र राय यावको कोटामा रमेश यादव तथा महन्थ ठाकुरको कोटामा वृषेशचन्द्र लाल रहेको बताइएको छ ।राजेन्द्र महतोले विभा ठाकुरको लागि आडान राखेका थिए । शरतसिह भण्डारीले शेखर सिहलाई अगाडि सारेका थिए । तर, उनीहरूको प्रस्तावमा कुनै सहमति हुन नसकेपछि राय र ठाकुरले बाजी मारेका थिए । राजकिशोर यादवले एकजना यादव थरकी महिलाको नाममा आडान लिएको स्रोतको भनाइ छ ।सुरुमा महन्थ ठाकुरले दीपेन्द्र झाको नाम प्रस्ताव गरेका थिए । तर, झाप्रति अन्य कुनै पनि नेताले रुचि नदेखाएपछि सो प्रस्ताव अगाडि बड्न सकेन ।

Back to top