×

बीरगञ्ज ७ माघ वीरगन्ज महानगरपालिकाको आइतबार सम्पन्न प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैयाको अनुमानित आय व्यय विवरण सहितको वार्षिक बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वीरगन्जको नगरसभागृहमा आइतबार आयोजित प्रथम नगरसभामा वीरगन्ज महानगरका मेयर विजय सरावगीले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैयाको अनुमानित आय व्यय विवरण सहितको वार्षिक बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । चालु आर्थिक वर्षका लागि आज सार्वजनिक गरिएको बजेट , निति तथा कार्यक्रममा वीरगन्ज महागरपालिकाले सामाजिक सावेशीकरणको माध्यमद्धारा समुदायको शसक्तिकरण ,गरिबी न्युनिकरण , आधारभुत स्वास्थ्य सेवाको पहुचमा विस्तार , स्थानीय पूर्वाधार सेवाको विस्ता , सेवा प्रवाहीकरणमा सरलीकरण , सुशासन पारदर्शीता र जवाफदेहिता एंव सुचना मैत्री विकास प्रशासनलाइ उच्च प्राथमीकता दिएको छ । यसका साथै महानगरपालिकाले दिगो र व्यवस्थित शहरी पुर्वाधार विकासमा जोड दिदै शहरी सडकको स्तरोन्नत्ती तथा निर्माण , नाला तथा ढल, कृषि सडक , विद्युत विस्तार , महानगरमा रहेका सबे सामुदायीक विद्यालयमा आगामी शैक्षिक सत्र देखि अनिवार्य रुपमा अग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था , प्रस्तावित वीरगन्ज विश्व विद्यालय स्थापनाका लागि प्रदेश र संघीय सरकासंग पहल , बेटी बचाइ बेटी पढाइ तथा बकरी से ब्याचलर तक नामक समाजिक अभियान सन्चालन , महानगरपालिका क्षेत्र भित्र एकीकृत जग्गा विकास , एकीकृत वस्ती विकास र एकीकृत आवास कार्यक्रम सन्चालन , शिक्षा , स्वास्थ्य , कृषि र पशुपंक्षी पालनका लागि विशेष कार्यक्रम सन्चालन गर्ने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मेयर सरावगीले प्रस्तुत गरेको वार्षिक बजेट , नीति तथा कार्यक्रम पुस्तिकामा चालु आर्थिक वर्षमा आय तर्फ आन्तरिक कर , सेवा शुल्क र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट तीन अर्ब चार करोड ६९ लाख ८९ हजार चार सय ४५ रुपैया , समानीकरण अनुदानबाट ९० करोड सात लाख ६२ हजार पाच सय ५७ रुपैया , अन्य आय ११ लाख तथा गत आर्थिक वर्ष २०७३÷०७४ को एक करोड ४७ लाख ३७ हजार आठ सय ३७ रुपैया गरि कुल चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैया आम्दानी हुने अनुमान गरिएको उल्लेख छ ।

नगर सभामा महानगरकी उपमेयर शान्ति कार्की , पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव , २ का सांसद विमल श्रीवास्तव , ३ का सांसद हरिनारायण रौनीयार , पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह , प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय , प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मी , सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की , वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता , विभिन्न राजनितिक दलका प्रतिनिधी , ३२ वटै वडाका वडा अध्यक्ष , वडा सदस्य, महानगरपालिकाको कार्यपालिका सदस्य , सन्चारकर्मी , सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो । यसैगरि चालु आर्थिक वर्षको व्यय तर्फ चालु खर्चमा एक अर्ब २३ करोड ५९ लाख ६८ हजार र पुजीगत खर्चमा दुइ अर्ब ९८ करोड ६६ लाख २१ हजार विनियोजन गरिएको आज मेयर सरावगीले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख गरिएको छ । विनियोजित बजेटको क्षेत्रगत रुपमा , आर्थिक विकासमा एक करोड ५२ लाख १९ हजार ,सामाजिक विकासमा ५४ करोड ९३ लाख ६० हजार , पुर्वाधार विकास क्षेत्र तर्फ दुइ अर्ब ९४ करोड २१ लाख १२ हजार , वातावरण विपद व्यवस्थापन तर्फ एक करोड ८५ लाख , संस्थागत विकास तथा सेवा प्रवाहमा एक करोड ३ लाख ३६ हजार र कार्यालय सन्चालन तथा प्रशासनीक खर्च तर्फ ६८ करोड ७० लाख ६२ हजार रुपैया विनियोजन गरिएको छ । फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दपि प्रजवलन गरिे नगरसभाको उद्घाटन गरेका थिए ।

Back to top