×

वीरगन्ज ७ माघ प्रदेश २ का प्रदेशसभा सदस्यहरुको सपथमा भाषालाई लिएर विवादमा भएको छ ।जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सपथ कार्यक्रम थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ लिँदैनौं भन्दै विरोध गरेका छन् । राजपाका जितेन्द्र सोनलले हिन्दीमा सपथ लिन्छु भने भने मनिष सुमन र माओवादीका जगत यादवले मैथिलीमा सपथ लिने बताए ।त्यसपछि सबै सदस्यहरुलाई आफूले चाहेको भाषामा सपथ लिने व्यवस्था मिलाइएको छ । जेष्ठ सदस्य चौधरीले नेपालीमा सपथ पढेका छन् भने प्रदेशसभा सदस्यहरुले आफ्नो भाषामा सपथ लिएका छन् । प्रदेशसभा सदस्यहरुको सपथलगतै प्रदेश प्रमुखले २१ गते पहिलो बैठक आहृवान गरेको छ ।

Back to top