×

बीरगञ्ज ६ माघ पर्सा जिल्ला फुटबल संघको आज भएको निर्वाचनमा बीरगञ्ज युनाइटेड क्लबका कोषाध्यक्ष अनिल कुमार कलवारले दिएको अध्यक्ष पदको उम्मेदवारीमा क्लबका अध्यक्ष अरबिन्द अमात्यको हैकमबादी असहयोग पाएपछि सो क्लबका चार जना कार्य समिति पदाधिकारी सहित एघार जना सदस्यले सामुहिक राजिनामा गरेका छन। सामुहिक राजिनामा सचिव पंकज श्रेष्ठ, कोषाध्यक्ष अनिल कुमार कलवार, कास सदस्य रोशन श्रेष्ठ, सुदिप श्रेष्ठ लगायत संजय थापा, सुधिर सिंह राजपुत, अकबर हवारी, अलि असगर हवारी, अनिल गुप्ता, सुरेन्द्र झा, लक्ष्मणबाबु नेपाली रहेका छन। यिनीहरूको राजिनामा पश्चात अन्य सदस्यहरूले पनि हैकमबादीको बिरोधमा राजिनामा दिने शुत्र अनुसार थाहा भएको छ। चार जना कार्य समितिका पदाधिकारी सहित एघार जना सदस्यको सामुहिक राजिनामा दिएका छन ।

Back to top