×

चिरञ्जीवी यादव,माघ ६ पर्साको रास्ट्रीय बन जङ्गलबाट काठ तसकरी ब्यापक रुपमा भैरहेको छ।बनकर्मी र प्रहरिहरुको मिलोमतोमा काठ तस्करी भैरहेको स्थानियको गुनासो रहेका छन । प्रती साइकल रु ५ सयको दरले बनकर्मी र प्रहरीलाइ काठ तस्करहरुले नजराना दिइ रातीमा काठ तस्करी गरिरहेका छन। इलाका बन कर्यालय सोलकपुर, इलाका बन कर्यालय छतिवनटारी, सेक्टर बन कर्यालय बढनिहार, इलाका बनकर्यालय सबैया,इलाका बनकर्यालय मानवा सखुवनिया,इलाका बनकर्यालय रङ्गपुर, इलाका बनकर्यालय हरैया,इलाका बनकर्यालय भतौडा र इलाका बनकर्यालय बसन्तपुरका बनकर्मिहरु आफ्नो गोजि तताउन उदेस्यले बनलाइ आफ्नो पैसा कमाउन स्रोत बनाइ बनबिनाशमा जोडतोडले लागिपरेका छन। ट्रैक्टर,साइकल र भरिया मार्फत जङ्गलबाट काठकटान गरि काठ तस्करी भैरहेको छ।प्रहरी चौकी मिलन चौक, प्रहरी चौकी बढनिहार,प्रहरी चौकी मानवा,प्रहरी चौकी रङ्गपुर, प्रहरी चौकी हरैया र इलाका प्रहरी कर्यालय शेढवा का इन्चार्जहरु जति पैसा आयो गोजि तताउदै मौन अवस्थामा रह्दा बन बिनाश भैरहेको छ। जङ्गलमा गिट्टीबालुवा ढुवानी गर्न गैरहेको ट्रैक्टरमा महिलाहरुले पनि बन तस्करी गरिरहेका छिन।जङ्गलमा महिलाहरु पुग्न बितिकै बनकर्मी,जङ्गल भित्र रहेका नेपाल सेना तथा नेपाल प्रहरीहरुले अङागालो मार्ने,मौजमस्ती गरेर उनिहरुले ४ फिट देखि ५ फिट सम्मको शालको काठ महिलाहरु टाउकोमा बोकि काठ तस्करी गरिरहेका छिन। अब के मतलब ?बन जोगाए। आफ्नो घरको होइन,आफ्नो सम्पती पनि होइन यहि उदेस्यले सम्बन्धित निकाएले ध्यान न दिएको हो। पैसाको कमाइ ट्न्नै छ। साथै मौजमस्ती पनि भै रहेको हुदा बनलाइ जोगाउन केही मतलब नै नरहेको हो। यो महिला बृती देह ब्यपार बनजङ्गलमा राम्रो फस्टाएको छ।यसैलाइ फस्टाउनमा सम्बन्धित निकाएले बढी ध्यान दिएको छ।

Back to top