×

वीरगंज ५ माघ वीरगंज राजधानी बनाउनु पर्ने माग राख्दै बिहीवार अह्वान गरिएको एक दिने बन्द संघर्ष समितिले बिहिबार साँझ ५ बजेपछि फिर्ता लिएको छ। घण्टाघरमा कोण सभाको आयोजना गर्दै बन्द फिर्ता लिएको संघर्ष समितिले जानकारी गराएको हो । तर राजधानी मागको अन्य दावादमुलक, अनशन, जुलुस, धर्नालागतयको कार्यक्रम जारी रहने समितिले जनाएको छ।

संघर्ष समितिका सहसंयोजक तथा पूर्व सभासद् राजकुमार गुप्ताले भने, ‘बिहीवारको बन्द सफल भएको छ, सहयोगी वीरगंजका व्यापारी, कर्मचारी, कार्यकर्ता तथा उद्योगीमा धन्यवाद, तर राजधानीको लागि अन्य कार्यक्रम चलिरहने छ ।’

शुक्रबार दिउँसो १ बजे विशाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए ।

पूर्व सभासद समेत रहेका एमाले नेता गुप्ताले राजधानी तोक्नुको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र मधेसवादी दलका अगुवा नेताले धोका दिएको आरोप लगाए। ‘वीरगंज राजधानी बनाउनु पर्ने भन्दै हामी काठमाडौ गएर प्रधानमन्त्री देउवालाई भेटेका थियौ,उनले वीरगंज नै राजधानी बन्छ भनेर वचन दिए,’नेता गुप्ताले भने, ‘तर काठमाडौबाट फर्केको दुई दिनपछि जनकपुर अस्थायी राजधानी तोकियो।’ वीरगंज राजधानीको माग लिएर काठमाडौं पुगेको टोलीलाई मधेसी गठबन्धनका नेता महन्थ ठाकुर,राजेन्द्र महतो र उपेन्द्र यादवले भेटन पनि नचाहेको पनि बताए।

दुई साता देखि रिले अनशन गर्दै आएको संघर्ष समितिले सरकारले गरेको निर्णय फिर्ता नलिए सम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बताए। बन्द खुल्ला गरिएपछि साझ ६ बजे पछि वीरगंजबाट छोटो तथा लामो दुरीका सवारी साधन चल्न थालेका छन भने बजार पनि खुलेको छ।

शुक्रवार शैक्षिक सस्था,बजार,उद्योग कलकरखाना तथा सरकारी कार्यालय पनि निर्वाद रुपले सञ्चालनमा आउने भएका छन्।

Back to top