×

हेम चापागाई /पर्सा (बिजयबस्ती) माघ–०२

भारत बिहारको रामपुर बिद्यालयमा सञ्चालित फुटबल प्रतियोगितामा ठोरी टाउनका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गरेका छन् । मंगलबार भएको सेमिफाईनल खेलमा भारतकै हर्नाटार फुटबल टीमलाई २–० गोल अन्तरले पराजित गरेका हुन् । भारको बिहार राज्यका उखु उद्योग एवं अल्पसङ्ख्यक कल्याण मन्त्री खुरसिद आलमको आर्थिक सहयोगमा सञ्चालित फुटबल प्रतियोगिता फेब्रुअरी १० देखी सुरु भएको आयोजकले जनाएको छ । ८ वटा टीमहरु सहभागी खेलमा नेपालका दुईवटा टीमहरु समाबेश रहेकोमा एउटा टीम सलकपुर यस अघि नै फाईनलमा पुगिसकेको छ । मंगलबार भएको सेमिफाईनल खेल जित्दै ठोरी पनि फाईनलमा पुगेपछि सलकपुर र ठोरी बीच फाईनल खेल हुने भएको छ । फेबु्रअरी १७ तारिक अर्थात माघ ३ गते बुधबार हुने फाईनल खेलमा दुवै नेपाली टीमहरु बीच प्रतिस्पर्धा हुने भएको हो । बिजेता र उपबिजेता टीमलाई शिल्ड सहित नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।

Back to top