×

बीरगंज ३० पौष हिन्दू परिषद नेपाल पर्साले आज प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनम एक्यबद्धता जनाएको छ । बीरगंजको घण्टाघर चोकमा भई रहेको रिले अनशनमा हिन्दु परिषद नेपाल पर्साको नेतृत्वमा आज दशौं दिन परिषदका १५ जना सहभागि भएका छन् ।

रिले अनशनमा परिषद पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा बसेको बैठकमा केन्द्रिय सदस्य सुरेश साह कानु, रामेश्वर प्रसाद गुप्ता, महिला संगठन केन्द्रिय सदस्य उषा श्रीवास्तव, सावित्री श्रीवास्तव, परिषद बाराका अध्यक्ष सुकदेव साह कानु, परिषद पर्साका उपाध्यक्ष उषा पटेल, कोषाध्यक्ष गोमा उपाध्याय, जिल्ला सदस्यहरु सिता पटेल, गौतली देवी, मन्जु वर्णवाल, भिखइनीया देवी, परिषद बीरगंज महानगर समिति अध्यक्ष दिपक साह कानु, वरिष्ठ उपाध्यक्ष भरत सर्राफ, महिला संगठन पर्सा जिल्ला अध्यक्ष आँचल सिंहलाई हिन्दू परिषद नेपालका संस्थापक एव संरक्षक पंडित पुरुषोत्तम दुबे र केन्द्रिय अध्यक्ष संतोष पटेलले फुलमाला र जय श्रीरामको गमछा लगाई रिले अनशन बसेकाहरुलाई स्वागत एवं सम्मान गरेका थिए ।
Back to top