माघे सक्रान्तिमा ठोरीको आठघरेमा ठुलो मेला लाग्ने

349

हेम चापागाई / पर्सा (बिजयबस्ती) पुस–२९ ठोरी गाउँपालिकाको वडा नम्बर ४ निर्मलबस्तीको आठघरेमा माघे संक्रान्तिको अवसरमा ठुलो मेला लाग्ने भएको छ । स्थानीय ब्ययवसायलाई प्रोत्साहन दिऊँ भन्ने सोच सहित आठघरे बजारमा मेला लाग्न लागेको मेला ब्यवस्थापन समितिका अध्यक्ष नेमा लामाले बताउनु भयो । स्थानिय बजारको प्रोत्साहन स्वरुप मेला लाग्ने आयोजकले जनाएको छ । सक्रान्ति बजारमा लाग्ने मेलामा बिशेष परिकारहरु, स्थानीयद्धारा उत्पादित तरकारी तथा बिशेष सामाग्रीहरु समेटेको आयोजकले जनाएको छ । स्थानीय ठाउँका बिजयबस्ती, मिलचोक, आठघरे तथा भारतीय ब्यवसायीहरु मेलामा अरु भन्दा छुट्टै परिकार र सामाग्री ल्याउने बताउँछन् । संक्रान्तिमा सुरु भएको मेला माघे सक्राति सम्म चल्ने आयोजकले जनाएको छ । यो मेलामा देशभर पाईने खाद्य सामाग्री र आधुनिक परिवेशका सामाग्री ल्याएर मेला भर्ने हरुलाई बिशेष छुटमा सामाग्री उपलब्ध गराउने बजार ब्यबस्थापन समिति अध्यक्षले बताउनु भयो । आईतबार देखी सुरु हुने मेला माघको १ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।