पर्सा क्षेत्र नं ३ धोरे डुमवस्तीमा स्वास्थ्य शिविर र कम्बल वितरण

1255

वीरगन्ज २९ पुस पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्ने पकहामैनपुर–१ धोरे डुम वस्तीमा स्वास्थय शिविर तथा न्यानो कपडा वितरण कार्यक्रम भएको छ । पहल संस्था वीरगंजको सक्रियता तथा लायन्स क्लब अफ वीरगंज (सिल्भर स्प्रीड्ड) समुहको सहयोगमा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका फिजिसियन डा. उदयनारायण सिंहले ९ घर डुम समुदायका २५ जना रोगीहरुलाई चेकजाच गरी उपचार परामर्श दिए ।उनले रोगीहरुलाई औषधी पनि बाडे ।डुमवस्तीमा एक जना पक्षघात,४ जना उच्च रक्तचाप,४ जना छाला रोगी तथा १२ जना बालबालिका रुघाखोकी,ज्वरोबाट ग्रसित फेला परेको बताउ ।
सचेतनाको कमीले सरसफाईमा ध्यान नदिदा डुमवस्तीका बालकालिका कुपोषणको सिकार हुनुको साथै जाडो मौसममा उचित खानेकुरा,न्यानो कपडाको अभावमा जवन व्यतित गर्न समस्या भएको छ ।तसर्थ समाजिक कार्य अन्तर्गत दुबै संस्थाको अगुवाईमा स्वास्थ्य शिविर तथा न्यानो कपडा बाडिएको हो । अधिकांश डुम परिवार संग चपल नभएको चिसोले धेरै जना रोगबाट प्रभावित रहेको पाइयो ।वस्तीका हरिलाल राउत डुमले कथित उच्च जातीहरुले आफुहरुलाई डुम भनेर हेला गर्ने,छुवाछुतको डर देखाउने गरेको बताए ।करिब ३५ जनाको वस्तीको लागि १ थान धारा मात्रै छ,जुन विगडेको छ ।धोरे टोलको प्रवेश द्वारमा रहेको डुम वस्ती शिक्षामा मात्रै पिछाडी छैन,भौतिक सरचनामा र रोजगारीमा पनि पिछा परेको छ ।पहलका अध्यक्ष दिलिपराज कार्कीले वस्तीको उभोको लागि समाजिक सस्था र मनकारी मनहरुले एक पल्ट अवश्य वस्तीमा आएर सहयोग गर्न आग्रह गरे ।
वस्तीको उद्धार र जीवनशैली परिवतर्नको लागि समाजिक संस्थासंग समन्वय गर्ने बताए ।लायन्स क्लब अफ वीरगंज सिल्भर स्पीड्डका अध्यक्ष रौनक क्यालले रोगी र असहाय समुदायलाई सहयोग गरेर अत्यन्त खुशी लागेको बताए ।वीरगंज आसपासमा सबैले लाखौको कम्बल बाडिरहेका छन्,तर सहर भन्दा टाढा वास्तविक समस्यामा डुबेको परिवारलाई सहयोगले थप उर्जा मिलेको बताए ।
डा. उदयनारायण सिंहले सरसफाईमा ध्यान दिए आधा रोग निको हुने सुझाव दिए ।साथै,उनले डुमबस्तीका बालबालिकालाई विद्यालय पठाउनु पर्नेमा जोड दिए ।सो अवसरमा पहलका उपाध्यक्ष बब्लु कलवार,लायन्सका मोहित अग्रवाल,रोहित जैन,अभिशेख कर्ण,राधेश्याम नायक,राजन महतोलगायत सहभागि थिए ।


SHARE