×

हेम चापागाई/(बिजयबस्ती)पर्सा/पुस-२८ सेढवा प्रहरी प्रशासनले स्थानीयहरु माथि अनावश्यक ज्यादती गरेको भन्दै आज स्थानीय बासिहरुले ईलाका प्रहरी कार्यालय सेढवा घेराउ गरेका थिए। सेवा तथा सुरक्षा दिन बसेको प्रहरीबाटै ज्याजती र लापरबाही भएको भन्दै स्थानीयहरुले चौकी घेराऊ गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायव निरीक्षक विमल कुमार शाही लगायतको टोलीले स्थानीय माथि अभद्र व्यवहार गरेको र चेक जाचको बहानामा दुख दिएको र सेढवा बजार बाट तरकारी तथा अन्य सामाग्री खरिद गरि गइरहेका स्थानीय हरुलाइ चेकजाँच गछौँ भन्दै अभद्र ब्यबहार गर्ने गरेको स्थानीयले बताएका छन् । उपश्थित भएका स्थानीय बासीले ईलाका प्रहरी कार्यालय सेढवा घेराउ प्रहरी प्रशासन को विरुद्ध मा चर्को नाराबाजी समेत गरेका थिए।

ईलाका प्रहरी घेराउ भएपछि प्रहरी नायव निरीक्षक बिमल कुमार शाही जिरा भवानी गाउँ पालिकाको कार्यालयमा गएको थाहा पाएपछि स्थानीय हरुले आधा घण्टा गाउँ पालिका समेत घेराउ गरेका थिए । घटनाबारे छानबिन भईरहेको जीराभवानी गाउँपालिकाका प्रमुखले बताएका छन् ।

Back to top