×

वीरगंज,२८ पुष विधान विपरित वीरगंज जेसिसको अधिवेशन सम्पन्न गरी स्वघोषित नया“ नेतृत्वको पदास्थापन समारोह समेत लज्जास्पद रुपमा सम्पन्न भएको छ । विधान विपरीत अधिवेशन गरेको भन्दै प्रेम झा सहितको टोलीले अधिवेशन खारेजको माग गर्दै जिल्ला प्रशासन हु“दै पुष १३ गते उच्च अदालतमा मुद्दा दायर गरेपछि विवादीत बनेको वीरगंज जेसिसको इतिहास फेरी विवादित पदास्थापन कार्यक्रमले चर्चा पाएको छ । वीरगंज जेसिसको बिहिवार सा“झ सम्पन्न पदस्थापन समारोहमा नेपाल जेसिसका अध्यक्ष तथा पदाधिकारीहरुको अनुपस्थिती, प्रमुख अतिथीका रुपमा आमन्त्रण गरिएका वीरगंज महानगरपालिकाका नगरप्रमखु विजय सरावगी समेत वीरगंज जेसिसको विवादलाई बुझेर कार्यक्रममा अनुपस्थित भएपछि काम चलाउ व्यक्तिबाट पदस्थापन सम्पन्न गरिएको थियो । वीरगंज जेसिसका केहि पुर्व अध्यक्षहरुले संस्थालाई खल्तीमा राख्न खोजेपछि विवाद सिर्जना भई अदालत सम्म पुगेको घटनाले अहिले वीरगंजमा चर्चा पाएको छ ।

Back to top