वीरगंजलाई राजधानी बनाउनुपर्ने मांग गर्दै आज दोस्रो दिन पनि अनशन जारी

1354

Share
  •  
  •  
  •  

वीरगंज २२ पुस प्रदेश नं २ को राजधानी वीरगञ्जलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आज दोस्रो दिन पनि रिले अनशनलाई निरन्तरता दिएको छ । पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताको नेतृत्वमा महिला नेतृ दुर्गा क्षेत्री, रेखा साह, रानी देवी श्रीवास्तव नेपाली काँग्रेसका युवा नेता सुधिर पटेल, युवा नेताहरु यशवन्त यादव, संजिव मिश्रा, तेजप्रकास निसाद, बद्रीनारायण तिवारी, अकलेश साह गरी १० जना अनसनमा बस्नुभएको छ । अनशनमा बसेका नेताहरुलाई वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं बिद्यायक ओमप्रकाश शर्मा, वडा नं. २७ का वडा अध्यक्ष प्रदिप यादव र एमालेका नेता शम्भु गुप्ताले फुलमाला र खादा ओढाई स्वागत गर्नुभएको छ । वीरगंजलाई प्रादेशिक राजधानी घोषणा नगरे सम्म आन्दोलनका कार्यक्रम जारी रहने पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले जानकारी दिनुभयो । वीरगंज राजधानीको लागि सवै दृष्टिकोणले उत्कृष्ट रहेकोले वीरगंजको बिकल्प नखोज्न चेतावनी समेत दिनुभयो । हिजो देखि शुरु भएको अन्सनलाई वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here