वीरगंजलाई राजधानी बनाउन एमालेद्वारा आन्दोलन सुरू – गुप्ता  

1492

वीरगंज २० पुस प्रदेश नं. २ को राजधानी वीरगंज बनाउन अन्ततः एमाले वीरगन्जमा अन्दोलन सुरू गर्ने छ । बसेको एमाले जिल्ला स्तरीय एवं माथिलो तहका नेताहरुको बैठकले एमाले आनदोलनमा जाने निर्णय गरेको छ । एमाले पर्सा संयोजक प्रभु हजराको अध्यक्षतामा बसेको बैठकमा पुर्व सांसद राजकुमार गुप्ता, नागेन्द्र चौधरी, बिचारी यादव,जुनैद अंसारी, रामचन्द्र साह,जयप्रकास थारु, नेताहरु बसरुदिन अंसारी, शम्भु गुप्ता लगायतको सहभागिता रहेको थियो । बैठकले भोली वीरगंजमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै बैठकले पर्साको ठोरीलाई प्रदेश नं. ३ मा मिलाउने प्रचण्डको भनाई प्रति आपति जनाउदै त्यसको प्रतिरोध गर्ने जनाएको छ । ठोरीलाई पर्सा जिल्लाबाट कुनै शक्तिले अलग गर्न नसक्ने पुर्व सांसद राजकुमार गुप्ताले ठोकुवा समेत गर्नुभएको थियो । पर्सेली जनताको भावना बिपरीत हुने कुनै पनि गतिबिधि स्वीकार्य नहुने बताउदै सस्तो लोकप्रियताको लागि भावनामा ठेस पुग्ने खालको अभिव्यक्ति नदिन पनि केन्द्रिय स्तरका नेताहरुलाई नेता गुप्ताले सझुाव दिनुभएको थियो ।