×

वीरगंज, पुष १९ - रुङ्ग्टा वेलफेयर सोसाइटि वीरगंजले आज एक समारोह विच सद्भाव छात्रवृत्ति कार्यक्रम अन्तर्गत विभिन्न समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गर्नका साथै नि:शुल्क आँखा सिविर संचालन गरेको छ ।

वीरगंज महानगरपालिका आदर्शनगर चोकमा सोसाइटिका अध्यक्ष मुरलीधर रुङ्ग्टाको अध्यक्षता, संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्य तथा वीरगंज महानगरपालिकाको नगर प्रमुख (मेयर) एवम् संघीय समाजवादी फोरम नेपालका मधेस-प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीको विशेष उपस्थितिमा सम्पन्न भएको आजको उक्त कार्यक्रममा करिव १ सय १० विद्यार्थीहरुलाई १ वर्ष सम्म पुग्ने गरि शैक्षिक खर्च र सामग्रीको छात्रवृती प्रदान गरिएको छ ।

साथै सोसाइटि द्वारा संचालन गरिएको नि:शुल्क आँखा सिविरबाट करिव २ सय भन्दा अधिक व्यक्तिहरुको आँखा जांच गरिएको सोसाइटिका सदस्य सुरेश रुङ्ग्टाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य यादवले शिक्षाले मात्रै मधेसमा चाहिएको परिवर्तन आउने सकने बताउनु भएको थियो । उनले, 'मधेसको विकास शिक्षाको कमिले पनि हुन सकेको छैन अब हामि सबैले मिलेर मधेसलाई शिक्षित बनाउनु पर्छ र आफ्नो छोरा-छोरी विच विवेध नगरी दुवैलाई शिक्षा प्राप्तिका लागि विद्यालय पठाउनु पर्छ,' भने ।

त्यसैगरी नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले आउने शैक्षिक सत्र देखि वीरगंज महानगरपालिकाका सम्पूर्ण सामुदाहिक विद्यालयहरुमा पनि निजि विद्यालय सरह अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिने बताउनु भएको थियो ।

रुङ्ग्टा वेलफेयर सोसाइटिले हरेक वर्ष विभिन्न समयहरुमा यस्ता सामाजिक कार्यक्रमहरु गर्दै आएको संस्थाका सुरेश रुङ्ग्टाले जानकारी दिए । 'आफ्नो गाउँ, समाज र सहरको दीगो विकास गर्ने उदेश्यले हाम्रो संस्था स्थापना भएको छ र हामि सधै समाजमा परिवर्तन ल्याउनका लागि काम गरिरहने छौं,' उनले भने, 'भविष्यमा पनि शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सुधारका लागि हामि निरन्तर सहयोग पुर्‍याउने छौं ।'

कार्यक्रममा वरिष्ठ समाजसेवी एवम् उद्धमी गोपाल केडिया, पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, आदर्शनगर ग्रिन्सिटि सोसाइटिका अध्यक्ष प्रकाश खेत्रान लगयात अन्यको उपस्थिति रहेको थियो ।

Back to top