×

वीरगंज, १५ पुस ।तेली कल्याण समाज पर्साद्वारा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका तेली समाजका व्यक्तिहरुलाई आज एक समारोहका विच वीरगंजमा सम्मान गरिएको छ । वीरगंजको होटल मकालुमा सम्पन्न कार्यक्रममा २ सांसद, ६ जना प्रदेश सभा सदस्य, १ जना मेयर सहित २१ जनालाई सम्मान गरिएको थियो । तेली

कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साह तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तेली कल्याण समाज नेपालका राष्ट्रिय उपाध्यक्ष विश्वनाथ साह तेलीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नु भएको थियो । सम्मानित हुनेहरुमा सांसद प्रमोद साह सर्लाही, प्रभु साह रौतहट, प्रदेश सभा सदस्य गौरीशंकर साह तेली सर्लाही, राजेश्वर साह तेली पर्सा, पारस साह तेली

वारा, बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह तेली, पुनिलाल साह तेली, अनिल प्रसाद साह तेली, श्रीमति रामावति देवी तेलिन, पन्नालाल साह तेली, रामजी साह तेली लगायतलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । तेली समाजको सदस्य भई नवनिर्वाचित जनप्रतिनिधिहरुले समाजको गरिमालाई

माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको र जनप्रतिनिधिहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको राष्ट्रिय उपाध्यक्षविश्वनाथ साह

तेलीले बताउनु भयो । सो कार्यक्रममा तेली समाजको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुहुने पासपात साह तेली र श्रीलाल साह तेलीलाई दोसल्ला ओढाई

सम्मान गरिएको थियो ।

Back to top