×

वीरगंज १५ पौष राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन । उनले बीरगंजका पाँचवटा ब्यवसायीक फर्ममा छापामारी गरेर कागजपत्र समेत नियन्त्रणमा लिएका छन ।

छापामारी पछि उनले खातापाता सगै लिएर काठमाण्डौ पर्किएका छन । उनले खातापाता लगेसगै ब्यापारीहरुलाई हप्ता दिन भित्र काठमाण्डौ आउनु भन्ने फरमान समेत जारी गरेका छन । उनले आर्थिक नजराना लिन ब्यापारीलाई काठमाण्डौ झिकाउन खोजेको स्रोतको दावी छ ।

केही समय पहिला आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख र पथलैया राजस्व अनुसन्धान कार्यलयमा रहेर काम गरेका गौतमलाई बीरगंजका ब्यापारीहरुको बारेमा राम्रो सूचना छ । ब्यपारीको कमजोर पक्ष देखाएर बीरगंजका ब्यापारीसंग आर्थिक लाभ लिदै आएका गौतमले आर्थिक लाभ लिनकैलागि सुनिल इम्पोरियम, ईश्वर ट्रेडर्स लगायत पाँच ठाउँमा छापामारी गरेर खातापाता मोबाइल र कम्प्युटरको हार्डडिस्क लिएर काठमाण्डौं आउन व्यापारीहरुलाई निम्तो दिएर फर्किएका छन ।

राजश्व अनुसन्धान पथलैयाको भूमिकामाथि प्रश्न चिन्ह खडा गरी गौतमले आफ्नै अगुवाईमा पैसा असुल्नको लागि यो छापामारी गरेको बताइन्छ । यो छापामारीको बिषयमा स्थानीय प्रशासन भने बेखवर छ । ब्यापारीका फर्ममा छामारी गर्दा अन्य सरोकारवाला निकायका प्रतिनिधिपनि राखनिु पर्नेमा त्यसो गरिएको छैन ।

छापामारी प्रकरणमा भने बीरगंज उधोग वाणिज्यसंघ,स्थानीय प्रशासनलगायतका सरोकारवालाहरुको सहभागिता हुनु पर्नेमा त्यो नभएकोले पनि अनेकौ आशंका जन्ँिमएको छ । साभार- ई सिमाना

Back to top