नोट असुलीको लागि राजश्व अनुसन्धान विभागका खडानन्दले गरे छापामारी

1330

वीरगंज १४ पौष राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले हिजो बुधबार पाँच ठाउँमा छापामारी गरेर करोडौ रुपैया कमाउने मेसो मिलाएर फर्किएका छन् । कुनै बखत आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख भई काम गरेर वीरगंजका व्यापारीहरुको कमजोरी पहिचान गरेर त्यही बखत असुली गरेका खडानन्दले खडे–खडे सुनिल इम्पोरियम, ईश्वर ट्रेडर्स लगायत पाँच ठाउँमा छापामारी गरेर खातापाता मोबाइल र कम्प्युटरको हार्डडिस्क लिएर काठमाण्डौं आउन व्यापारीहरुलाई निम्तो दिएर फर्किए । राजश्व अनुसन्धान पथलैयाको भूमिकामाथि प्रश्न चिन्ह खडा गरी खडानन्दले आफ्नै अगुवाईमा पैसा असुल्नको लागि यो छापामारी गरेको बताइन्छ । यस सन्दर्भमा वीरगंजका व्यापारीहरु सर्वदलिय टोली लिएर उनको विरोधमा काठमाण्डौं जाने तयारी गरेका छन् । साभार अंकुश दैनिक