×

संघिय समाजवादी फोरम नेपालका प्रदीप यादवको चर्चा यतिखेर चुलिएको छ । पर्सा जिल्ला अध्यक्ष समेत रहनु भएका प्रदीप यादव पार्टीको हकमा देशमै सबभन्दा राम्रो पोजिसन ल्याइ दिनु भएर पार्टीमा मात्र होइन, देशैभरिका कार्यकर्ताहरुले उहाँको प्रशंसा गर्न थालेको छ । दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिकामा मेयर जिताएपछि चर्चित बनेका प्रदीप यादव यसपटकको प्रदेश तथा प्रतिनिधिसभामा ह्याट्रिक नै गर्नुभयो । स्थानीय तहको चुनावमा राजपा नेपालको विरोधका कारण फोरम नेपाल रक्षात्मक अवस्थामा थियो ।

तर दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको चुनावमा भाग लिएका फोरम नेपालले पहिलो स्थान नै हासिल गर्यो । त्यसमा प्रदीप यादवको योगदान पनि प्रशंसनीय रहेको चर्चा सुन्न पाइन्छ । वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगी उठ्नु भएको थियो तर त्यसको सार्थी हुनुहुन्थ्यो प्रदीप यादव । राजपा नेपालको विरोधका बाबजुद पनि फोरम पर्साका अध्यक्ष प्रदीप यादव प्रतिकुल परिस्थितिमा संगठन व्यवस्थापनमा सकृय हुनुहुन्थ्यो ।

राजपा नेपालका नेताहरुको बिरोध ¥याली र आलोचनाहरुलाई दृष्टिगतगरि संगठन सुदृढिकरणमा सकृय हुनुभएको थियो । जिल्लाको राजनीतिक वतावरण राम्रोसँग बुझ्नु भएका प्रदीप यादव राजपा नेपालको विरोधका कार्यक्रमको प्रतिकार गर्नुभन्दा संगठन निर्माणमा ध्यान दिनुभयो । चुपचाप कुनै हल्ला नगरि पर्सामा उहाँले युद्धरत अवस्थामा संगठन निर्माणमा लाग्नुभयो । स्थानीय तहको दुई चरणमा सफलता हात पार्न असफल फोरम नेपालका लागि तेस्रो चरणको चुनाव झन चुनौतीपुर्ण बनेको थियो । तर प्रदेश नम्बर २ मा फोरम नेपालले राम्रो सीट हात मात्र परेन, पहिलो पार्टी नै बन्यो ।

दुई नम्बर प्रदेशका लागि पर्सा जिल्ला फोरमको लागि विशिष्ट नै बन्यो । प्रदेश नम्बर २ को एकमात्र महानगर बीरगञ्जमा फोरम नेपालले मेयर जित्यो । उसको कैयो वडा अध्यक्ष पनि जित्यो । पर्सा जिल्लाको अधिकांश गाउँ र नगरपालिकामा फोरमले सशक्त उपस्थिति जनायो ।

गाउँपालिका, नगरपालिका र महानगरमा जित हासिल गरेको फोरम नेपालले जिल्ला समन्वय समितिमा सहज जित हासिल गर्यो । यो केवल प्रदीप यादवको रणनीतिले मात्र सफल भयो । पर्सा जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा फोरम नेपालले नै जित हासिल गर्यो । क्षेत्र १ मा प्रदीप यादव स्वंय जित्नु भयो भने दुई नम्बरमा विमल श्रीवास्तव र तीन नम्बरमा हरिनारायण प्रसाद साहले जित हासिल गर्नुभयो । यसको श्रेय पनि प्रदीप यादवलाई नै जान्छ । यसअघि विमल श्रीवास्तव विजय कुमार गच्छदारको तत्कालिन पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठ्नु भएको थियो तर विजय सरावगीले पराजित गर्नुभयो ।

प्रदेशसभामा पनि फोरम नेपालका कोही पराजित भएका छैनन् । जिल्ला अध्यक्ष रहेका प्रदीप यादव नेपाली काँग्रेसका उद्योगपति उम्मेदवार अनिल रुंगटालाइ भारी मतान्तरले पराजितगरि निर्वाचित हुनुभयो । दोस्रो सविधानसभामा पराजित भएपनि आन्दोलन र संगठनमा नेतृत्वदायी सकृय भूमिका निर्वाह गर्नुभएका उहाँमाथि जनताको विश्वास बढेर गयो । उहाँले आफ्नो क्षेत्रका लागि जति काम गर्नुभएको छ त्यति काम एउटा संसदले पनि गर्न सक्दैन ।

पर्साका अधिवक्ता शेखर कर्णले भन्नुहुन्छ, प्रदिपजी सांसद नभएपछि जनताको दुखसुखमा जतिखेर पनि साथ दिनुहुन्थ्यो, मधेश आन्दोलनको सबै मोर्चामा उहाँ अगाडी हुनुहुन्थ्यो ।’ मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले पार्टीमा विजय सरावगी लगायतका ठूला उद्योगपतिहरुलाई भित्र्याउनुभयो । आफू भन्दा उहाँले संगठनलाई महत्व दिदै मेयरमा सरावगीलाई टिकट दिएर चुनाव जिताउन सफल हुनुभयो । स्थानीय तहको सफलताले प्रदेश र प्रतिनिधिसभाको चुनावमा फोरमलाई ठूलो मद्दत मिलेको प्राध्यापक पन्नालाल गुप्ता बताउँनुहुन्छ ।

काँग्रेसको गढको रुपमा चिनिएका पर्सालाई मधेशमय बनाउन यादवको ठूलो योगदान छ, उहाँले भन्नुभयो, स्थानीय तहको चुनावदेखि प्रदेश र संसदको टिकट वितरणमा समन्वय गर्न सक्नु उहाँको अद्भूत क्षमता देखियो । स्थानीय तहमा फोरमलाई हराउन हरसंभव प्रयास गरेको राजपासित प्रतिनिधि र प्रदेश चुनावका लागि गठबन्धन भएपछि पनि अध्यक्ष यादवको भूमिका प्रशंसनीय रह्यो । युवा अवस्थामा नै यादवले पार्टीलाई ठूलो उचाईमा पु¥याउन सफल हुनुभएको छ, प्राध्यापक गुप्ताले भन्नुभयो, आम जनतामा सहजै घुलमिल हुने र प्रभावित गर्ने उहाँमा विशेष कला छ ।’

Back to top