सुपर ग्यास आगलगी अनुगमन टोली र साँसद यादव भेंट

1816

वीरगन्ज पुस १२ वीरगन्ज महानगरपालिका १८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा पुस ५ मा भएको भिषण आगलगी घट्नाको जाँचबुझ आएको उच्चस्तरीय सरकारी टोली र पसा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदिप यादवविच मंगलवार भेंटघाट भएको छ । छानबिन समितिका संयोजक रहेका आपुर्ती मन्त्रालय अन्तरगतको आपुर्ती ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका माहानिर्देशक कुमारप्रसाद दहालले चारदिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।
आगलगी भएको सुपर ग्यास उद्योगको स्थलगत अवलोकन गर्दै बिभिन्न ब्यक्तिहरुको बयान लिएर छानबिन समितिले अध्ययन गरेको छ । प्राबिधिक त्रुटी भएपछि त्यसलाई नियन्त्रण गर्नमा मानवीय त्रुटी पनि भएपछि घट्ना भएको बुझिएको दहालले प्रारम्भीक जानकारी दिए ।
त्यसतै त्रुटीहरुले गर्दा करिब ६ दशकको इतिहासमा पहिलो पटक यस्तो नराम्रो घटना भएको दहालले बताए । नेपालका सबै ग्यास उद्योगलाई अनुगमन गरी नियमको दायरामा ल्याउन जरुरी रहेको देखिएको उनले बताए ।
‘निगमले आफैले पनि आफ्नो अनुगमन र नियम पालना गराउने भुमिका ठिक ढँगले गरेको छ कि छैन भन्ने कुरा पनि छानबिनको विषय भएकोले मैले उच्चस्तरीय र विज्ञ सहितको टोली पठाउन प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसंग माग गरेको थिए,’ साँसद यादवले भने, ‘अहिलेको छानबिन समिति अहिले आएपछि सहि तरिकाले अध्ययन गरेर सत्थ तथ्य ल्यषउला भन्ने आशा लिएका छौं, टोलीसंगको भेंटमा कार्य साकारात्मक नै लागेको छ ।’
घट्नापछि छानबिनको लागि भनेर एलपि ग्यास उद्योग संघले आफै बनाएको छानबिन समितिले उद्योगकै पक्षधरता गर्ना सक्रिय भएको भन्दै बिरोध भएको थियो । त्यसतै, नेपाल आयल निगमको गुणस्तर तथा अनुगमन बिभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा गठन भएको अर्को छानबिन टोलीको औचित्य पनि साँसद यादवले सवालमा उठाउदै उच्चस्तरीय र विज्ञ सहितको जाँचबुझ टोली पठाउन सरकारसंग माग गरेका थिए ।
उक्त घट्नामा आगो नियन्त्रण गर्न गएका दमकलका कर्मचारीहरु तनहुको ड्ुम्रे घर भएका मधुसुदन मिश्रा, सर्लाहीको लालबन्दी घर भएका यादवप्रसाद अधिकारी घट्नास्थलमै र जलेर गम्भीर घाइते भई उपचारका क्रममा वराटनगरका सन्जिव नेपालको काठमाडौंमा मृत्यु भएको थियो । त्यसतै जलेर घाइते भएका बारुणयन्त्र चालक अरुण महतो काठमाडौंस्थित ट्रामा सेन्टरमा भर्ना छन् भने उद्योगका सूरक्षा गार्ड अम्बिका पटेल वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना छन् । उद्योगको आगलगी भएको दिन नै सांसद यादवले मृतकका परिवारलाई एकएक लाख र घाइतेहरुलाई ५० हजार रुपैया आर्थिक सहयोग घोषणा गरे अनुसार घाइतेलाई सो रकम दिसकेका छन् । काजक्रियामा ब्यस्त मृतकका परिवारलाई काजक्रियापछि रकम प्रदान गर्ने कुरा भएको यादवले बताए ।