ठोरीलाई प्रदेश ३ मा .लैजाने कुरा दिवास्वप्न : नेता यादव

5179

वीरगन्ज ११ पुस प्रदेश २ को सबभन्दा पश्चिममा रहेको ठोरी पाउँपालिकालाई प्रदेश ३ मा गाभ्ने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले २ दिन अगाडी एउटा कार्यक्रममा अभियक्ति दिएपछि यस प्रदेशबाट जितेका नेताहरु मंगलवार वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागि भएका मधेसी दलका नवनिर्वाचित साँसदहरुले दहालको अभिब्यक्ति बिरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले ठोरीको भुमीलाई कुनै पनि हालतमा प्रदशेबाट काटेर अयन्त्र गाभ्न नपाइने बताउदै यसको लागि जस्तो सुकै संघर्ष गर्न आफुहरु तयार रहेको बताए । पुष्प कमल दहालले भन्दैमा ठोरीलाई प्रदेश ३ मा लैजाने कुरा हुदैन बताउदै उनले भने, ‘त्यस्तै छ भने प्रदेश २ मा भएको ठोरीको भुभाग छोडेर जाने मानिसलाई रोक्दैनौं । भुभाग कुनै पनि हालतमा जाँदैन ।’ सदनमा हामीआफुहरुले उक्त षढयन्त्र सफल हुन नदिने उद्भोष गर्दै यादवले आवश्यक परे आफुहरु आन्दोलनबाट जनप्रतिनिधी फेरी आन्दोलनमा होमिन बेर नलाग्ने बताए) ।
दहालले बेलाबेला यस्तो निराधार कुराहरु गर्ने गरेको कार्यक्रममा बोल्ने वक्ताले टिप्पणी गरे । ‘अलिकति बनजंगल, पहाड जस्ता प्राकृतिक स्रोत भएको ठाउँ ठोरीलाई पनि लैजाने प्रचण्ड जीले भन्नु भइरहेको छ, हामीसंग बाकी नै के रहन्छ ?’ पर्सा ४ बाट निर्वाचित साँसद राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता लक्षमणलाल कर्णले भने । ठोरी प्रदेश ३ मा जादैन बताउदै उनले प्रचण्ड लगायतले लेखेको संबिधानमा क्षेत्र परिवर्तन धेरै कठिन रहेको भने । कानूनका जानकार नेताको रुपमा चिनिने कर्णले संबैधानिक ब्यवस्था अनुसार यो निकै जटिल कुरा भएको बताउदै यस्तो कुराको कुनै तुक नभएको बताए । पार्टीको उम्मेदवार हारेपछि दहालले गरेको राजनीतिक गफ मात्र हो ठोरीलाई ३ नम्बर प्रदेशमा लैजाने कुरा त्यो भन्दा बढीकेही पनि होइन भनी कर्णले टिप्पणी गरे ।
हिमालनी मासिक पत्रिकाले आयोजन गरेको ‘वीरगन्जको समग्र विकास’ सम्बन्धी उक्त अन्तरक्रियामा बोल्दै पर्सा ३ बाट जितेका साँसद हरिनारायण रौनियारले स्थानीय तहसंग आधिकार रहेकोले आफ्नो नीति नियम बनाएर जितेका प्रतिनिधिले स्थानीय तहको विकास निर्वाचित जनप्रतिनिधीले गर्नु पर्ने बताए । फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य लालबाबु राउत गद्दीले अब विकासको बिषय महत्वपुर्ण रहेको बताए । वीरगन्ज महानगरका मेयर विजय सरावगी, पर्साका जिल्ला समन्यव समितिका सभापति नेक महमद, हिमालीनिका सचित्तानन्द मिश्र, स्वेता सिंह लगायतले बोलेका थिए ।
प्रदेश २ को सबभन्दा पश्चिममा रहेको ठोरी पाउँपालिकालाई प्रदेश ३ मा गाभ्ने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले २ दिन अगाडी एउटा कार्यक्रममा अभियक्ति दिएपछि सोको विरोधमा मंगलबार वीरगन्जको घण्टाघर स्थित संघिय समाज वादी फोरम नेपालले चक्का जाम गरि कोणसभा गरेको छ ।