×

वीगन्ज १० पुस भारतबाट नेपाल ल्याइने क्लिन्कर सिर्सिया सुक्खा बन्दरगाहमा नझार्न माग राख्दै वडाका बासिन्दाले ड्राइपोर्ट सञ्चालक कम्पनी हिमालयन टर्मिनलसँग आग्रह गरेका छन् ।

वीरगंज महानगर–१७ अलौकी वडा अध्यक्ष सुकरानी देवी र वडा नं २५ सिर्सियाका वडा अध्यक्ष बिसराज पटेलको संयुक्त टोलीले हिमालयन टर्मिनलका सिइओ विष्णुकान्त चौधरीलाई ज्ञापन बुझाउँदै डर्टी कार्गो ड्राइपोर्ट नल्याउन आग्रह गरेका हुन् ।

बिना भौतिक पूर्वाधार र तयारीबिना क्लिन्कर वीरगंज ल्याइयो भने सिसिर्या, अलौ र रामगढवालगायत वडाका जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले विरोध गरेका हुन् ।

ज्ञापन बुझ्दै हिमालयन टर्मिनलका सिइओले स्थानीय बासिन्दाको मागलाई माथिल्लो निकाय समक्ष राख्ने प्रतिबद्धता गरे ।

Back to top