×

वीरगंज पुष ४ शासन व्यक्तिको होईन विधिको हुनु पर्छ भन्ने वीरगंज जेसिजमा व्यक्तिको शासन हावी भएपछि आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । गत पुष १ गते जेसिज वर्ष २०१८ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा विधान विपरित जेसिजका केहि पूर्व अध्यक्षहरुको मनोपोलिको कारणले अवैधानिक तरिकाले सदस्यता थप गरि जेसिजलाई गोजीको संस्था बनाएको भन्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । जेसि प्रेम कुमार झाद्वारा दिईएको उजुरीमा वीरगंज जेसिजका वर्तमान अध्यक्ष दिलिप ढुंगेल लगायत सम्पूर्ण पदाधिकारी तथा निर्वाचन अधिकृत राजेश पटेललाई विपक्षि बनाई दिईएको उजुरीमा पुनः निर्वाचनको माग गरिएको छ । वीरगंज जेसिजको विधान २०५८ को दफा ५ को ४ मा सदस्यता नविकरणको व्यवस्था विपरित ५० जना सदस्यले मात्र नविकरण गरेको अवस्थामा १९ जना सदस्य थप गरि विधान विपरित ६९ जनाको सदस्य संख्या बनाएर निर्वाचन मण्डलले मतदान गराएको थियो । वीरगंज जेसिजका केहि पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिले जेसिजलाई आफ्नो गोजीको संस्था बनाउन खोजेको आरोप लगाईएको छ । विगतमा वीरगंजका युवाहरुको आकर्षणको केन्द्र विन्दु बनेको सामाजिक संस्था वीरगंज जेसिजको प्रतिष्ठा दिन प्रतिदिन खस्कदै गएकोले अहिले ५० जना सदस्यमा खुम्चिन पुग्नु दुर्भाग्यको विषय भएको र जेसिसलाई विधिको शासनबाट नभई व्यक्तिले डो¥याउने संस्थाको रुपमा अगाडी बढाईएको झाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा दिईएको उजुरीमा विधान विपरित सम्पन्न निर्वाचन गैरकानुनी भएको हुँदा सो निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गरिएको छ । जिल्ला प्रशासन पर्साले वीरगंज जेसिजको विवादका विषयमा दुवै पक्षलाई बोलाएर बुझ्ने काम गरि रहेको छ । दिन प्रतिदिन वीरगंज जेसिजले आफनो सामाजिक प्रतिष्ठा गुमाउदै गएकोले अहिले वीरगंजका युवा समाजसेवीहरु जेसिज भन्दा पनि लायन्स, लियो र रोटरी जस्ता अन्तराष्ट्रिय सामाजिक संस्था तर्फ आकर्षित भएका छन । उनीहरुले जेसिजमा लाग्नु भनेको आफनो समय मात्र बर्बाद गर्नु भन्ने गरेका छन् ।

Back to top