×

वीरगन्ज, मंसिर २५ - पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद सा रौनियार निर्वाचित भएका छन् ।

आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका पुर्व मन्त्रि एवम् पुर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गर्दै फोरम-राजपा गठबन्धनका रौनियार निर्वाचित भएका हुन् ।

फोरम-राजपाका रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत ल्याएका छन् । त्यस्तै चौधरीलाई पछ्याउदै बाम गठबन्धनका संयुक्त उम्मेदवार एवम् नेकपा एमालेका पुर्व सभासद राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ २ र मा पनि फोरम नेपालले आफ्नो कब्जा जमाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २ मा फोरम नेपालका वरिष्ठ नेता विमल प्रसाद श्रीवास्तव निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का वरिष्ठ नेता लक्षमणलाल कर्णले अग्रता लिरहेका छन् ।

Back to top