×

वीरगन्ज २३ मंसिर धुनषा प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट राजपमा अध्यक्ष राजेन्द्र महतोले जित हासिल गरेका छन् । उनका निकतम प्रतिद्धन्द्धी नेपाली काँग्रेस उम्मेदवार विमलेन्द्र निधीलाई हराउँदै उनले ठुलो जित हात पारेका हुन । औपचारिक रुपमा निर्वाचन आयोगले जित घोषणा गर्न बाँकी रहेको छ ।

निर्वाचन आयोगको अनुसार महतोले २८५२७ प्राप्त गर्नु भएको छ भने, उनका निकतम प्रतिस्पर्धी विमलेन्द्र निधीले २५८८९ मत प्राप्त गर्नु भएको छ । बाम उम्मेदवार राम सिंह यादवले २२०३ मत प्राप्त गरेका छन् । धनुषा ३ मा जम्मा ५७ हजार ७ सय ९२ मत खसेको थियो ।

Back to top