×

वीरगन्ज २३ मंसिर प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रतिनिधसभा सदस्य तर्फको प्रत्यक्षतर्फ आएको प्रारम्भिक नतिजामा बाम गठबन्धनका उम्मेदवारहरुको विजयी यात्रा बढ्ने क्रममा छ ।

कतिपय मत गणना जारी रहेका र कांग्रेसकै वर्चश्व र प्रभाव रहेका क्षेत्रमा समेत कांग्रेसका हेभिवेट नेताहरु रक्षात्मक हुन सकिरहेका छैनन् । अहिलेसम्म आइरहेको मत परिणामको आधारलाई हेर्दा कांग्रेसका हेभिवेट नेताहरुमध्ये प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र शशांक कोइरालाबाहेक रामचन्द्र पौडेल, डा रामशरण महत, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी विजय गच्छेदार लगायतका अन्य नेताहरु डेन्जर जोनमै रहेका छन् ।

Back to top