×

बारा २१ मंसिर बारामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव शान्तिपुर्ण र भयरहित बाताबरणमा सम्पन्न भएको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेश सभा रहेको बारामा ७० देखि ७५ प्रतिशतसम्म मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।प्रतिनिधि सभा ,प्रदेश सभा र सामानुपातिकमा क्रमस.एक पछि अर्को सकिएपछि मतगणना हुने कार्यालयले जनाएको छ ।जिल्लाभरि शान्तिपुर्ण रुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मान्धरले बताउनुभयो ।उहाँले मत गणना भोली सर्बपक्षिय भेला बसेर मात्र कति बजे देखि मत गणना सुरु गर्ने टुङगो लगाउने बताए । ३ सय ३ मतदान स्थल रहेको बारामा कुल ३ लाख ४९ हजार ९ सय ४८ मतदाता रहेका छन । हरियो रङको प्रतिनिधि सभा , कालो रङ प्रदश सभाका लागि र रातो रङ समानुपातिककालागि तारबार गर्ने जनाइएपनि बारामा त्यस्तो नभएको बुझिएको छ ।मतदान गरिएको सम्पुर्ण मतपेटिकाहरु प्रमुख निर्वाचन अधिकृतको कार्यालय कलैया पठाईएको जनाइएको छ ।

 

Back to top