४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अाज हुदै

435



वीरगन्ज २१ मसिर वीरगन्ज ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारी छ ।पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा भएको थियो । प्रदेश नं २ मा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । वीरगन्जका केही मतदान केन्द्रमा दलका प्रतिनिधि समयमा नआएपछि निर्धातिर समयभन्दा केही ढिला गरी मतदान पक्रिया सुरु भएको बताइएको छ । अहिले प्रदेश नम्बर २ का सम्पूर्ण जिलमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।