लाखौं बोकेर भोट किन्न हिँडेका राजकुमार गुप्ताका कार्यकर्ता प्रहरीको फन्दामा (फोटो फिचर सहित)

3202



पोखरिया, २० मंसिर, पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका एमालेका उम्मेदवार राजकुमार गुप्तका कार्यकर्ता भोट किन्न लिएर हिँडेको लाखौ रुपैयाँसहित पक्राउ परेका छन् । पर्साको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पोखरियाबाट उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
भोट किनेरै चुनाव जित्ने मनसाय बनाएका एमालेका राजकुमार गुप्ताले यसअघिको चुनावमा पनि पैसाकै बलमा जीत हात पारेको चर्चा अझै पनि हुने गरेको छ । चुनाव जितेर एक पटक पनि गाउँ नगएका र अहिले भोट माग्न जाँदा गाउलेले लखेटेपछि मौन अवधिमा नोटको बिटो बोकाएर कार्यकर्ता खटाएको खुलासा भएको हो ।
राजकुमारका ४ जना कार्यकर्तालाई सशस्त्र प्रहरीले पोखरियाको कृष्ण पेट्रोल पम्प नजिकै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए । उनीहरुलाई सशस्त्रका डिएसपी डीडी पन्तको टोलीले पक्राउ गरेको हो ।
स्थानीयबासिन्दाले प्रहरीले उनीहरुलाई लाखौं रुपैयाँसहित नियन्त्रणमा लिएको दाबी गरेका छन् । प्रहरी निरीक्षक बुढाथोकीले एमालेका कार्यकर्ताबाट ३ लाख रुपैयाँ नगद र नमूना मतपत्रका ठेलीहरु बरामद भएको बताएका छन् । उनले निर्वाचन आचारसंहिता उलंघन गरेको पाइएकोले नियन्त्रण लिएर अनुसन्धान भइरहेको बताए ।

श्रोत sajhadaily.com