×

वीरगंज, १८ मंसिर - पर्सा क्षेत्र नं १ का मतदाताहरुले संघीय समाजवादी फोरम नेपाल तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रदीप यादवलाई विजयको टिका लगाउन शुरु गरेका छन् ।फोरम नेपाल पर्सा अध्यक्ष समेत रहेका प्रदीप यादवको मेहिनेत र पछिल्लो मधेस आन्दोलनमा मधेसीको हक अधिकारको लागि गरेको संघर्षको कदर गर्दै उनलाई जिताउन उनलाई विजयको टिका लगाएर स्वागत गरेका छन् ।जनताहरु स्वयम उनलको विजयको लागि अभियान चलाएका छन् ।

सोमवार विहान वीरगंज–३२ चोनीमा आयोजित घरदैलो कार्यक्रममा स्थानिय बबिता देवीले नेता प्रदीपलाई टिका र प्रसाद ग्रहण गराएर घरदैलो प्रारम्भ गराएकी थिइन् ।‘अपकिरको जित प्रदीप बाबुके,तबै हमनीके जित होइ,हमनी सब अपनेके साथमे बानी सन,’उनले भनिन् ।

नेता प्रदीप जिते क्षेत्र नं १ को कल्याण हुने अर्की महिला लालपरी देवीले धारणा व्यक्त गरिन । उनी विगतमा अन्य नेतालाई जिताएर केही नपाएको तर पछिल्लो पटक जनलहर मधेस र प्रदीपको हकमा देखिएकोले पनि आफनो पनि मत उनलाई दिने उनले प्रतिक्रिया दिइन् ।

चोर्नीका मतदाताहरुले स्वयम घरघरबाट घरदैलो कार्यक्रममा सहभागी भएर उत्साहपुर्वक उनको साथ दिएका थिए ।स्थानिय बासुदेव यादवको संयोजकत्वमा सम्पन्न घरदैलो कार्यक्रममा क्षेत्र नं एक का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव,क्षेत्र नं १ क का प्रदेश सभा सदस्य उम्मेदवार जन्नत अन्सारी,पुर्व राज्यमन्त्री करिमा वेगम,लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Back to top