×

चिरञ्जीवी यादव वीरगन्ज १५ मंसिर नेपाली काङ्ग्रेस पार्टिले आज घरदैलो कार्यक्रम गरेको छ।पर्सा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सुरेन्द्र प्रसाद चौधरी र पर्सा क्षेत्र नम्बर ३ क को प्रदेस शभा सदस्यका उम्मेद्वार चन्द्रकिसोर प्रसाद चौधरी ले निचुटा, माधोपुर, औराहा,बाहुवरी र प्रसौनीमा घरदैलो कार्यक्रम गर्नु भएको छ।घरदैलो कार्यक्रममा शैलेन्द्र यादव, राजकिसोर चौधरी, हृदयनरयण चौधरी, चन्द्रदेव यादव, सुलेमान मियाँ दर्जी लगाएतको उपस्तिथमा राम्रो र स्वच्छ बिचार भएको, बिकाश प्रेमी, शिक्षित, अनुभवी,सुख दुस्ख मा काम लाग्ने, जनताको माझमा रहि जन्ताको सहयोग गर्ने नेता नेपाली काङ्ग्रेस पार्टी पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र प्रसाद चौधरी र पर्सा क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्य चन्द्रकिसोर प्रसाद चौधरीलाइ आफ्नो अमुल्य मत दिएर बिजयी बनाउनु पर्नेमा जोड दिनु भएका थिए।

Back to top