×

वीरगन्ज १४ मंसिर मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मात्र हैनकी मधेशको चौतर्फी विकाशका लागि मधेशी गठबन्धन जित्नु पर्ने वीरगंज महानगरपालिकाका मेयर विजय सरवगीले बताएका छन । वीरगंज–२७ सुगौलीमा मधेशी गठबन्धनले आयोजना चुनावी सभालाई संम्बोधन गर्दै सारावगी यस्तो बताएका हु ।

उनले भने “स्थानीय तह संचालनमा प्रदेशको निति तथा संविधानको कानुन महत्वपुर्ण हुन्छ । जव सम्म प्रदेशको निति र संविधान मधेश मैत्री भएन भने विकाश गर्न गाह्रो हुन्छ । त्यसैले मधेशवादी दलकै पक्षमा मतदान गर्न जरुरी रहेको सरवागीले बताए ।

त्यस्तै पुर्व सभासद तथा मधेशी गठबन्धनका पर्सा क्षेत्र नं। २ को ९ख० प्रदेश सभा सदस्यका उम्मेदवार रमेश कुर्मीले मधेशी गठबन्धन जिते मात्रै मधेशको जित हुने बताउँदै मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन मसाल र छातामा मतदान गर्न अपिल गरे ।

मधेशी गठबन्धनको मुख्य उदेश्य संविधान संसोधन गरेर मधेशलाई सम्पन्न मधेश बनाउने रहेकोले मसाल र छातामा मतदान मतदान गर्न पर्सा क्षेत्र नं। २ का प्रतिनिधि सभा उम्मेदवार विमल श्रीवास्तवले बताए ।

चुनावी सभामा नेता शशि कपुर, रुपनारायण कुर्मी लगायत मधेशी गठबन्धनका नेताकार्यकर्ता तथा श्रीसिया, अलौ, अठराहा, बहुवरी लगायतको क्षेत्रका स्थानीयहरुको सहभागी रहेको थियो ।

Back to top